नयाँ सभामुख चयन प्रकृया पुस ११ देखि 

नयाँ सभामुख चयन प्रकृया पुस ११ देखि 

प्रतिनिधि सभाको नयाँ सभामुख चयनको प्रक्रिया यही पुस ११ देखि सुरू हुने भएको छ। उपसभामुख शिवमाया तुम्बाहाङफेको नेतृत्वम शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले पुस ११ गते बस्ने बस्ने प्रतिनिधि सभाको बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो ।

बैठकले आज बस्ने प्रतिनिधि सभा बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाङफेले गर्ने सहमति पनि जुटाएको छ। सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन्।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ ।