प्रधानमन्त्री ओली मृर्गौला डायलासिस गर्न अस्पतालमा  

प्रधानमन्त्री ओली मृर्गौला डायलासिस गर्न अस्पतालमा  


काठमाडौं, ३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको डायलासिस गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डायलासिस भइरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीको करिव १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । पछिल्लो समय मिर्गौलाले राम्रोसँग काम नगरेपछि नियमित डायलासिस गर्न थालिएको हो । 

करिव आधा दर्जन पटक उनको मृर्गौला डायलासिस भइसकेको छ ।