प्रेस काउन्सिल बिरुद्धको आन्दोलनमा वार्ता सुरु

प्रेस काउन्सिल बिरुद्धको आन्दोलनमा वार्ता सुरु

काठमाडौं, ३ पुस । पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको जनाउँदै प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएका पत्रकार सहितको संघर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता सुरु भएको छ ।

संघर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार आफूहरूलाई वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासंघ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिए ।

वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा संघर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासंघ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सहभागी छन् । दुवै पक्ष पत्रकारिता क्षेत्र र काउन्सिलको मर्यादामा आँच नपु¥याउने गरी क्रियाकपाल र संवाद गर्न प्रतिबद्ध भएका छन् भने काउन्सिलको आज बस्ने सञ्चालक समितिको बैठकमा संघर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिति गठन गर्नेबारे छलफल हुने बताइएको छ ।