चिनियाँ राष्ट्रपति सी मकाउको तीन दिने भ्रमणमा

चिनियाँ राष्ट्रपति सी मकाउको तीन दिने भ्रमणमा

काठमाडौ ।चीनलाई औपचारिकरूपमा जिम्मा लगाइएको जुवाडेहरूको केन्द्र मकाउको २०औं वार्षिकोत्सवको अवसर पारेर त्यहाँको तीन दिने भ्रमणमा राष्ट्रपति सी चिनफिङ पुगेका छन् । चिनियाँ सरकार विरूद्धको अमेरिकी समर्थनमा प्रदर्शन भइरहेको हङकङ नजिकै मकाउ रहेको छ । हङकङ प्रदर्शनलाई ध्यान दिएर मकाउमा सुरक्षा व्यवस्था व्यापक कडा पारिएको हो ।

पूर्व पोर्चुगलको उपनिवेशनको रूपमा रहेको मकाउमा सीले केही घोषणा गर्न सक्न अपेक्षा गरिएको छ । यसैगरी हङकङ बेलायतको उपनिवेश रहेको थियो । विगत ६ महिनादेखि हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै गएको हो ।  मकाउमा नयाँ नेताको छनौट भएपछि सीको यो भ्रमण भएको हो । २० डिसेम्बर १९९९मा मकाउ चीनलाई हस्तान्तरण गरिएको थियो । एक देश दुई प्रणाली अन्तर्गत मकाउ हस्तान्तरण गरिएको थियो ।  मकाउको अर्थतन्त्र त्यहाँका जुवाघरहरूमा आधारित रहेको छ । त्यहाँको सरकारी आम्दानीको ८० प्रतिशत जुवाघरबाट आउने गरेको छ ।