लैङिग असमानतामा भारत भन्दा नेपाल राम्रो

लैङिग असमानतामा भारत भन्दा नेपाल राम्रो

काठमाडौ । लैङ्गिक असमानतामा भारत भन्दा नेपालको अवस्था राम्रो रहेको देखिएको छ । भारतको अवस्था त झन बिग्रिदै गएको पाइएको छ । महिला पुरूष बीचको समानताको अवस्थाको आंकलनमा सबै भन्दा माथि आइसल्यान्ड रहेको छ । यो भनेको सबै भन्दा राम्रोअवस्था हो । स्वास्थ्य र आर्थिक साझेदारीको अवस्थाका आधारमा गरिएको यो अध्ययनमा भारत विश्वको सूचीनमा ११२औं स्थानमा पुगेको छ ।

गत वर्ष भारत १०८औं स्थानमा थियो । वल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो जानकारी दिइएको छ । यसरी यो सूचीको दोस्रो स्थानमा नर्वे र तेस्रो स्थानमा फिनल्यान्ड रहेको छ । वल्र्ड इकोनोमिक फोरमको जेन्डर ग्याप रिपोर्टले जनाए अनुसार चीनको स्थान १०६औं रहेको छ ।दक्षिण एसियाको  श्रीलंकाको स्थान १०२औं  छ भने  नेपालको स्थान १०१औं स्थानमा परेको छ ।

बंगलादेश भने ५० औं स्थानमा रहेको छ ।पाकिस्तान १५१औं स्थानमा छ । यो सूचीमा ब्राजिल ९२औं , इन्डोनेसिया ८५औं , इराक १५२औं  र यमन १५३औं स्थानमा रहेको छ ।  फोरमले रिपोटका बारे जनाए अनुसार यसअघि महिला र पुरूषबीचको यो असमानता हटाउन १०८ वर्ष लाग्ने देखिएकोमा यो वर्ष जारी प्रतिवेदनको आधारमा ९९.५ वर्ष लाग्ने छ । विश्वभर महिलाको सहभागीता विभिन्न क्षेत्रमा बढिरहेकाले यस्तो जनाइएको हो । स्वास्थ्य, काम राजनीतिक क्षेत्रमा महिला र पुरूषबीचको असमानतामा गत वर्षको तुलनामा यो वर्ष केही सुधार भएको जनाइएको छ । राजनीतिक क्षेत्रमा असमानता हटाउने यो दरका आधारमा ९५ वर्ष लाग्नेछ ।