विद्या भट्टराईद्वारा सांसद पदको शपथ ग्रहण

 विद्या भट्टराईद्वारा सांसद पदको शपथ ग्रहण

काठमाण्डौ, १ पुस । उपचुनावबाट प्रतिनिधि सभाको सांसद पदको लागि चुनिएकी विद्या भट्टराईले पद तथा गोपनियताको शपथ लिएकी छिन् ।  

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले संसदको कृषि तथा प्राकृतिक स्रोत साधन समितिको सभाहलमा शपथ ग्रहण गराएकी हुन् ।  

सभामुखको पद रिक्त रहेको अवस्थामा उपसभामुख तुम्बाहाम्फेले विद्यालाई सपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण समारोहमा उच्च ओहोदाका व्यक्तिहरुको सहभागिता रहेको थियो ।  

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा निधन भएपछि विद्याले कास्की २ बाट उपचुनावमा सांसद पदको लागि उम्मेदवारी दिई बिजयी भएका हुन् । भट्टराईले नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतले पराजित गरेकी हुन् । भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा पौडेलले १५ हजार ९ सय ९१ मत प्राप्त गरेको थिइन् ।