इरानले बनायो १०० भाषा बोल्ने रोबोट

इरानले बनायो १०० भाषा बोल्ने रोबोट

काठमाडौ । इरानले १०० बोल्ने रोबोटलाई सार्वजनिक गरेको छ । तेहरान विश्वविद्यालयले सो रोबोट बनाएको हो । यो रोबोटले ती भाषालाई सम्झेर त्यसको अनुवाद पनि गर्न सक्ने छ । यसले अनुहार पहिचान गर्न सक्ने र भकुण्डोमा किक लगाउन सक्ने क्षमताको भएको तेहरान विश्वविद्यालयको इन्जिनियरिङ विभागले जनाएको छ ।

यो बनाउन ४ वर्ष लामो समय लागेको छ । सुरेना नाम दिइएको यो रोबोटले वस्तु उठाउन सक्ने , विभिन्न वस्तुहरूको पहिचान गर्न सक्ने र हात मिलाएर अभिवादन समेत गर्न सक्ने व्यवहार प्रदर्शन गर्न सक्ने जनाइएको छ । सुरेनाको लम्बाई १७० सेन्टिमिटर र वजन ७० किलोग्राम रहेको छ । यो बाटो हिडदा बाटोको उकालो ओरालो सबै पहिचान गर्न सक्ने तथा दायाँ बायाँ मोडिएर सन्तुलन बनाउन सक्ने क्षमतासहित मानिसमा हुने कतिपय विशेषता रहेको जनाइएको छ ।