सीमापार आतंकवादी गतिविधिमा नेपालले भारतलाई सघाउन तयार

सीमापार आतंकवादी गतिविधिमा नेपालले भारतलाई सघाउन तयार

काठमाडौ । सीमापार आतंकवादी गतिविधिमा नेपालले भारतलाई सघाउन तयार भएको छ । भारतीय समाचार एजेन्सीले दिएको जानकारी अनुसार नेपालले भारतलाई यस्तो सहयोग गर्न पहिलो पटक तयार भएको हो । तेस्रो देशको व्यक्ति आतंकवादी गतिविधिसम्बन्धी छानबिनमा भारतलाई सहयोग गर्ने सहमति गत नोभेम्बर महिनामा भएको नेपाल भारत सुरक्षा नियोगहरूबीच भएको बैठकमा भएको जनाइएको छ ।

भारतको दैनिक भास्करले २०–२२ नोभेम्बरसम्म भएको सो बैठकमा  सीमापार हुने आतंकवादी गतिविधिबाट लडन नेपालले भारतलाई सघाउने जनाएको हो । दुबै देशका सीमा सुरक्षासम्बन्धी बैठक  हुँदै आएको छ ।