नेकपा बैठकमा सरकारको आलोचना

नेकपा बैठकमा सरकारको आलोचना

काठमाडौं, ३० मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (मंगलबार) फेरि बस्नेगरी सकिएको छ । आइतबारदेखि सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमा छलफल जारी छ ।

सोमबारसम्म १२ जना स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेका छन् । बैठकमा बोल्ने अधिकाँसले पार्टी एकताले पूर्णता पाउन नसक्दा पार्टीका तल्ला तह क्रियाशिल नभएको र सरकारले प्रभावकारी काम नगरेका कारण जनतामा नेकपा नेतृत्वको वर्तमान सरकार प्रति निराशा बढ्दो क्रममा रहेको बताएका छन् ।

बैठकमा सरकारका कामलाई प्रभावकारी पार्न नसकिएको र भएका राम्रा कामको पनि प्रचार गर्न नसकिएको भन्दै सरकारको आलोचना भएको छ ।