नेकपा स्थायी किमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

नेकपा स्थायी किमिटी बैठकमा प्रचण्डको राजनीतिक प्रतिवेदन पेश

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा प्रचण्डले प्रतिवेदन पेश गरेका हुन्। उक्त प्रतिवेदनमाथि सोमबारदेखि छलफल हुने जनाइएको छ । 

वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, पार्टीको आगामी नीतिलगायत विषय समेटिएको प्रतिवेदन प्रचण्डले पेश गरेका हुन् । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पनि पेश गरेका छन्। 

नेकपाले एक वर्षपछि स्थायी कमिटी बैठक डाकेको हो ।

बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली अनपस्थित थिए । आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको छ । राजनीतिक प्रतिवेदन पेश, केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल भारत सीमा विवाद, विधान संशोधन र अन्य एजेन्डा छलफलका लागि तय भएका छन् । बैठक सोमबार बिहान ११ बजेका लागि डाकिएको छ ।