नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा

 नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा

काठमाडौं, २९ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सुरू भएको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने अनुपस्थित छन् । बैठक पार्टी कार्यालय धुम्वाराहीमा आइतबार दिउँसो साढे १ बजेबाट सुरु भएको हो ।

आइतबार नै बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि पाँच एजेन्डा तय गरेको थियो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यो प्रतिवेदन अर्का अध्यक्ष ओलीसँगको परामर्शमा तयार पारिएको थियो।

केन्द्रीय कमिटी बैठक बोलाउने, नेपाल भारत सीमा विवाद, विधान संशोधन र अन्य गरी पाँच एजेन्डामा स्थायी कमिटीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।