सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २०को मृत्यु

सिन्धुपाल्चोकमा दुर्घटना हुँदा २०को मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको पाँच किलो भन्ने ठाउँ नजिक बा २ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा २० जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि विभिन्न अस्पतालमा पु¥याउने काम भइरहेको त्यहाँका अधिकारीहरूले जनाएका छन् ।

सृजल भण्डारी मदनको फेसबुक पोस्टबाट लिइएको यो फोटो सहित सिन्धुपाल्चोक बस्ने अनन्त प्रकाश श्रेष्ठले आफ्नो फेसबुकमा यस्तो जानकारी दिएका छन् । स्थानीय प्रहरीले जनाए अनुसार  कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरी बस भक्तपुर गइरहेको बेला आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । अन्दाजी ५०० मिटर तल खसेको बसमा सवार यात्रुको संख्या तत्काल यकिन हुन नसकेको हो ।