राष्ट्रसंघीय सम्मेलन अगाडि घोडाको दिसा थुपारी विरोध 

राष्ट्रसंघीय सम्मेलन अगाडि घोडाको दिसा थुपारी विरोध 

काठमाडौ । स्पेनको म्याड्रिडमा जलवायु परिवर्तनसम्बन्धी विषयमा संयुक्त राष्ट्रसंघको शिखर सम्मेलनस्थल अगाडि घोडाको दिसा थुपारी विरोध प्रदर्शन गरिएको हो ।

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका हटेको अवस्थामा यो सम्मेलनले केही गर्न नसक्ने भन्दै विश्वका नेताहरूको जमघट अगाडि इक्टिंक्शन रिबेलियन समूहको अगुवाइमा यो विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले घोडाको दिसालाई ट्रकमा ल्याइ त्यहाँ थुपार्न लगाएका थिए ।

ग्लोबल वार्मिङबाट दुनियाको हिमक्षेत्र पग्लिने र यसले विश्वको प्राकृतिक अवस्थामा समाप्त हुने चिन्ता जनाउने समूहहरूबाट यस किसिमको विरोध हुँदै आएको छ । राष्ट्रसंघको कोप २५ शिखर सम्मेलनमा सहभागीहरूले सन् २०१५मा गरेको पेरिस जलवायु सम्झौता कार्यान्वयन गराउन सफल नभएको भन्दै यसको समापन समारोह अघिको बैठक अघि यस्तो विरोध गरिएको हो ।

यो सम्झौताबाट अमेरिकाले आफू हटेको भन्दै राष्ट्रसंघमा निवेदन दर्ता गराइसकेको छ । अबको एक वर्ष नपुग्दै पेरिस सम्झौता तुहिने भएको छ ।