अतिरक्ति भन्सार महशुलमा कटौती गर्दै चीन अमेरिका

अतिरक्ति भन्सार महशुलमा कटौती गर्दै चीन अमेरिका

काठमाडौ । एक अर्काको वस्तुमा अतिरिक्त भन्सार महशुल बढाएर व्यापार युद्ध चर्काउँदै आएको अमेरिका र चीनले त्यसमा कटौती गर्ने भएका छन् । अमेरिकाको राष्ट्रपति कार्यालयले चिनियाँ वस्तुमा लगाएको अतिरिक्त महशुललाई केही कटौती गर्न सहमति जनाएसँगै चीनले सन् २०२०मा अमेरिकाको कृषि उत्पादन किन्न महशुल घटाउन सहमति जनाएको हो ।

रोयटर्सले जनाए अनुसार अमेरिकाले १खर्ब६०अर्ब चिनियाँ वस्तुहरूमाथिको अतिरिक्त भन्सार महशुल हटाउने र यो निर्णय डिसेम्बर १५देखि लागु हुने भएको छ । अमेरिकी पहलको जवाफमा चीनले ५० अर्ब अमेरिकी डलर बराबरको कृषि उत्पादन सन् २०२०मा किन्ने सहमति गरेको छ । यो सन् २०१७को दोब्बर हुनेछ ।

यसबारे ह्वाइट हाउसले कुनै जानकारी दिएको छैन् । अमेरिका र चीनबीचको व्यापार युद्ध समाप्त गराउन दुबै पक्षका प्रतिनिधिमण्डल छलफलमा रहँदै आएका छन् ।