जापानी प्रधानमन्त्रीले पनि भारत भ्रमण रद्द गर्ने

जापानी प्रधानमन्त्रीले पनि भारत भ्रमण रद्द गर्ने

काठमाडौ । भारतले गरेको नागरिकता संशोधनको विरोध जनाउँदै बंगलादेशका मन्त्रीहरूले भारत भ्रमण रद्द गरेको केही घन्टा पछि जापानका प्रधानमन्त्री सिन्जो आबे पनि भारत भ्रमण रद्द गर्ने बारे सोच्न लागेका हुन् । आइतबारदेखि जापानी प्रधानमन्त्री आबे भारत भ्रमणमा आउन लागेका थिए । जापानको जीजी प्रेसले जनाए अनुसार आबेले भारत नजाने विषयमा सोचविचार गरिरहेका छन् ।

नागरिकता संशोधनको विरोधमा भारतको पूर्वोत्तर प्रान्त आसाममा उग्र प्रदर्शन भएका छन् । त्यहाँ २ जनाको मृत्यु र २१ जना घाइते भएको समाचार सार्वजनिक भइसकेको छ । जापानी प्रधानमन्त्री आबे र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको शिखर वार्ता गुहाटीमा निर्धारित गरिएको थियो ।

विवादित नागरिकता संशोधनले गर्दा त्यस क्षेत्रमा फैलिएको विरोध प्रदर्शनलाई ध्यान दिएर आबे भ्रमण रद्द गर्नेबारे विचार गरिरहेका छन् ।