धान उत्पादन घटाउने प्रदेश २को सरकार कहिले हटाउने ?

 धान उत्पादन घटाउने प्रदेश २को सरकार कहिले हटाउने ?

काठमाडौ । प्रदेश नम्बर २मा धानको उत्पादन घटेपछि त्यो प्रदेशका ग्रामिण क्षेत्रमा ‘धान उत्पादन घटाउने प्रदेश सरकार कहिले हटाउने’नारा बनाउन थालिएको छ । प्रदेश नम्बर २मा मधेशवादी पार्टीको रूपमा बुझिएको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको संयुक्त सरकार रहेको छ ।

आफ्नो भनिएको सरकारले किसानलाई सहयोग गर्नुपर्ने थियो । अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढाउनुपर्ने थियो । तर उल्टै धान उत्पादन घटेको खबर पाएपछि गाउँघरमा यस्तो नारा बन्न थालेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसअघि १,२५७,१२४ टन धान भएकोमा यो वर्ष १,०४१,४६६ टन धान उत्पादन भएको हो । यो गिरावट दुई प्रतिशतको भएको जनाइएको छ ।

सरकारी अधिकारीहरूका अनुसार धानमा किरा र रोग लागेर उत्पादनमा कमी आएको हो । उनीहरूका अनुसार अन्य कारणहरूमा बाढी, सुख्खा जस्ता समस्या पनि रहेको छ । यो प्रदेशका सबै ८वटै जिल्लामा धानको उत्पादनमा कमी आएको देखिएको हो । स्थानीयहरूका अनुसार सरकारमा रहेकाहरू पनि स्थानीय नेता भएको र तिनको घर छेउको खेतीपाती कसरी भइरहेको विषयमा हेरचाहमा ध्यान नदिन लापरबाही हो ।

काठमाडौले गर्न दिएन भनेर मात्रै नपुग्ने बताउँदै किसानको धान उत्पादनमा भएको कमीकमजोरीको जिम्मेवारी सरकारको पनि हुने उनीहरूको भनाइरहेको छ । धान घटाउने सरकार पो सत्ताबाट कहिले जाने भन्दा यस्तो नारा चिया पसलमा लाग्ने गरेको पाइन्छ ।