बंगलादेशद्वारा भारतको नागरिकता संशोधनको विरोध

बंगलादेशद्वारा भारतको नागरिकता संशोधनको विरोध

काठमाडौ । बंगलादेशले भारतमा गरिएको नागरिकता संशोधनको विरोध गरेको छ । बंगलादेशका विदेशमन्त्री एके अब्दुल मोमेनले यो संशोधनले भारतको  धर्म निरपेक्ष देशको ऐतिहासिक चरित्रलाई कमजोर पारेको र अल्पसंख्यकहरूलाई बंगलादेशमा दुःख दिने गरिएको आरोपको भन्दै विरोध गरेका हुन् ।

भारतले नागरिकता संशोधन विधेयकमा पाकिस्तान,बंगलादेश र अफगानिस्तानबाट  आएका हिन्दु, सिख, बुद्धमार्गी, जैन, पार्सी र क्रिश्चियतहरूलाई भारतीय नागरिकता दिने संशोधन गरेको छ । विदेशमन्त्री मोमेनले यो प्रावधानबाट भारत धर्म निरपेक्ष देशको रूपमा नरहेको र त्यो सैद्धान्तिक अवधारणाबाट भारत विचलित भएको  ठहरिने जनाए ।

 मोमेनले भारत र बंगलादेशबीच राम्रो सम्बन्ध रहेको र यस्ता दृष्टिकोणबाट बंगलादेशको भारतलाई हेर्ने दृष्टिकोणमा फरक आउन सक्ने बताए ।भारतका गृहमन्त्री अमित शाहले भने जस्तो बंगलादेशमा अल्पसंख्यकहरूलाई दमन नगरिएको उनको भनाइ गलत रहेको मोमेनले बताए । यस अघि बंगलादेशका लागि अमेरिकी राजदूत अर्ल आर मिलरसँगको भेटमा अमेरिकाले पनि यो संशोधनको विरोधमा रहेको जानकारी पाएको मोमेनले जनाए ।