निर्वाचनका नयाँ नारा : रुख कस्को ?– बाँदरको, गाई कस्को ? साँढेको !

निर्वाचनका नयाँ नारा : रुख कस्को ?– बाँदरको,  गाई कस्को ?  साँढेको !

साइँला भाइ

सूर्जेमा छाप – महापाप !
रुख कस्को – बाँदरको !
गाई कस्को – साँढेको !
हलो कस्को – गोरुको ! ! आदि ।

यस पटकको उप–निर्वाचनमा व्यंग्यस्वरुप लागेका यी नारा हुन । धरान नगरको चुनाउमा यो नारा मुखाग्र थियो । हुनतः चुनाउ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच नै सोझिएको थियो । चुनाउको कुरा हो हारजीत त भैहाल्छ । अन्ततः चुनाउ नेपाली कांग्रेसको पोल्टामा पुग्यो । करिव तिन हजार मतले कांग्रेसले नेकपालाइ नराम्रोसंग पछा¥यो । तर, प्रमुख पार्टीको चुनाउ चिनोमाथि असाध्य व्यंग्य गरेको यो पहिलो पटक थियो । यस्तो व्यंग्य बाण हुँदै गएमा आगामि चुनावी राजनीतिको नाराको हालत के होला ?

राजनीतिक दलले विचार सिद्दान्त छोड्दै लगेपछि उनीहरु पनि चुनाउ जित्न चुनाउ चिनोको आड भरोसा लिन्छन । सूर्जे चिनो हुनेले सूर्जेको बखान, रुख चिनो हुनेले रुखको,  गाई चिनो हुनले गाईको नजाने जुनजुन चिनो छ तेसैको व्याख्या, उपयोगिता, बखान र विश्लेषण गर्छन । सूर्जे चिनो हुने पार्टीले सूर्जेको मानव जिवनमा अर्थात समग्र पृथ्वीतलमा वा ब्रम्हाण्डमा नभइ नहुने वस्तुको रुपमा त व्याख्या गर्छन । त्यसका अतिरिक्त सूर्जेको धार्मिक महत्वलाइ पनि नगदीकरण गर्न छोड्दैनन, छोडेनन् । सूर्जेलाई ‘अर्ग’ दिनु पर्छ भनिकन धार्मिक आस्थाका मानिसहरुको पनि मत बटुल्ने गर्छन । 

सूर्जे चिनोवाला मात्र किन रुख चिनोवालाको पनि त्यस्तै हालत छ । उनीहरु त अझ कांग्रेसी झण्डाको चार ताराको अर्थ पनि लगाउन सक्तैनन् । तिनलाई थाहा छ भने केवल कांग्रेस र रुख मात्र थाहा पाउँछन् । रुख रोप्न बाहेक तिनले वार्षिकी कार्यक्रम अन्य थोक गरेर मनाउने पनि गर्दैनन् । 

दोस्रो संविधान सभाको चुनाउमा गाइ चिनोको त्यस्तै जगजगी भयो । हिन्दू धर्मालम्बीले लक्ष्मी माताको रुपमा पुजिने भएकोले गाई चिनोले महत्व पायो । तत्कालीन सूर्जे र रुख पार्टीलाई समेत गाई पार्टीले प्रभावित गरेको थियो । त्यो चुनाउमा सूगा (सूर्य+गाई), रुगा (रुख+गा) आन्तरिक गठबन्धन नै बनेको थियो । परिणाम सोही मुताविक पनि आयो । गाईको धार्मिक महिमाको कुरा व्यापक प्रचारित भएकोले त्यो सभामा दूई दर्जन बढी गाई गोठालो पार्टीले संविधानसभा सदस्य जितायो । तर, गाई गोठालो पार्टीको मुखियाले गाई बेचि खाएकोले अर्को चुनाउमा सून्य सिटमा झर्यो ।   

चुनाउ चिनो अन्ततः सम्बन्धित पार्टीको सैद्धान्तिक वैचारिक, रणनीति र कार्यनीति पहिचान दिने झण्डा बनेपछि व्यंग्य स्वरुप जनताले पनि अनेक व्यंग्यवाण हान्नु अनौठो होइन, थिएन । यसर्थ उपर्युक्त बमोजिमको नारा भाइरल बन्यो । धरान नगरको चुनाउ नेकपाले हार्नुमा पनि यो व्यंग्यको ठूलो महत्व छ भन्ने यो लेखन्दासको ठहर छ । यसैपनि धरान धार्मिक शहर हो । यहाँ हिन्दू धर्मका अराध्य देव, देवादी पिण्डेश्वर, दन्तकाली, विश्णुपादुका लगायतको अवस्थितिका कारण अनेकानको धार्मिक प्रभाव विश्वास यहाँका नगरवासीमा छ । 

यसरीनै किरात धर्मालम्बीको बुढा सुब्बालगायतको प्रभाव पनि परम्परागत रुपले छँदैछ । अन्य धर्मालम्बी पनि यहाँ छन् । यसकारण सूर्जेमा छाप लगाउनु सोझै पाप हुन्छ भन्ने कुरा आएपछि भोट अन्यत्र मोडियो होला । भोट धार्मिक पन्थमा लागेकाले सूर्जेमा लाएनन होला । धर्म नमान्ने नास्तिकहरुले पनि सूर्जे चिनोेलाई छोड्देको भा यसपटक सूर्जे पार्टीको जमानत पनि बच्ने थिएन । 

यता रुख बाँदरको प्रसंग चैं अलिक फरक पर्न गयो । रुख बाँदरको हो भन्दा कति पनि घाटा हुने कुरो नहुनुमा पनि तर्कसंगत बयानबाजी गर्न सकिन्छ । बाँदर हिन्दू मतालम्बीको लागि हनुमान कै रुप हुने हुनाले भोटमा फरक नपरेको हुन सक्छ । अझ बाँदरलाई मानिसहरु कै पुर्खा मान्ने पनि तर्क छ । यसर्थ रुखको व्यंग्य बद्ख्वाँइ गर्दा रुखपन्थीलाइ फाइदै भएको हुनसक्छ । गाई पन्थी पार्टीहरुले पनि रुखपन्थीलाई सघाए । र, रुख वालाले यस पटक बाजी मारेको हुनु पर्छ । 

यसरी चुनाउ चिनोको आधारमा पार्टीको दर्शन, विचार, राजनैतिक कार्यदिशा तय गर्ने हो भने  त्यसको नतिजा बेग्लै आउने कुरामा यो चुनाउले प्रमाणित गरिदिएको छ । चुनाउदेखि चुनाउसम्म राजनीतिलाइ हिँडाउँदा आउने शेषफल यहि हो ।