एसियाली ट्वेन्टीट्वेन्टी परिदृश्यको आधार चीन भारतमा

एसियाली ट्वेन्टीट्वेन्टी परिदृश्यको आधार चीन भारतमा

काठमाडौ । एसियाली अर्थतन्त्रको ट्वेन्टीट्वेन्टी परिदृश्यको आधार चीन र भारतको अर्थतन्त्रको प्रवृतिले निर्धारणले गर्ने भएको छ ।  एसियाको आर्थिक गतिविधिमा चीन, भारत र जापानको संयुक्त उत्पादनमूलक गतिविधि महत्वपूर्ण छ ।तेस्रो त्रैमासिकमा जापानको अर्थतन्त्र तुलनात्मकरूपमा १.८ प्रतिशतले विस्तार हुने देखिएपनि आगामी वर्ष जापानको अर्थतन्त्र बलियो हुने आधार अहिले नै देखा नपरेको कतिपयको बुझाइ रहेको छ । त्यसैले एसियाको आर्थिक बृद्धिलाई जापानले चलायमान बनाउनेमा आंशका व्यक्ति गरिएको छ ।

विगत केही वर्ष यता एसियाको आर्थिक सुपरपावरको रूपमा भारतको उदय भएको देखिएको छ । त्यसैले एसियाली ट्वेन्टीट्वेन्टी आर्थिक परिदृश्यलाई चीन र भारतले डो¥याउन सक्ने अपेक्षा रहेको देखिएको हो । चीनको जीडीपी अर्को वर्ष ६ प्रतिशत तल जाने भनेपनि चीनको ५.९ प्रतिशत जीडीपीले एसियाली अर्थतन्त्रलाई परिचालन गर्न महत्वपूर्ण हुनेछ ।

तेस्रो त्रैमासिकमा भारतको जीडीपी ४.५ प्रतिशतमा झरेकोले चिन्ता गरिएको छ । भारतको संघीय मन्त्री धर्मेन्द्र प्रधानले अहिले देखिएको आर्थिक मन्दी क्षणिक भएको बताए । भारतको आर्थिक बृद्धिमा तीव्रता भए एसियाको जीडीपीको बाहक चीन र भारत हुने देखिएको कतिपयको बुझाइ रहेको छ ।