प्रधानमन्त्री फेरी अस्पताल भर्ना 

प्रधानमन्त्री फेरी अस्पताल भर्ना 

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि आज साँझ अस्पताल जानुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले राससलाई जानकारी दिए । प्रधानमन्त्री डायलासिस सकेर आजै प्रधानमन्त्री निवास फर्कनेछन् ।

“प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७ः३० बजेतिर अस्पताल जानुभएको छ । डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुन्छ,”, प्रेस सल्लाहकार थापाले बताए ।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।