साग रिपोर्टिङ गर्न रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार

साग रिपोर्टिङ गर्न रंगशाला पुगेका पत्रकारमाथि प्रहरीको लाठी प्रहार

काठमाडौं, २४ मंसिर । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको साग प्रतियोगिताको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरीले लाठी प्रहार गरेको छ । साथै प्रहरीले साग खेल अवलोकनाका लगि टिकट खरिद गर्न पुगेका दर्शकालाई समेत अन्दाधुन्द लाठी प्रहार गरेको छ ।

मंगलबार १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । लगतै सागको समापन समारोह छ । त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगेका थिए । तर सबै टिकट विक्री भइसकेको थियो ।

उनीहरुलाई हटाउने नाममा प्रहरीले लाठी वर्षाएको हो । प्रहरीले टिकट खरिद गर्न गएकालाई घेरा हालेर कुटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । कुटपिटको फोटो खिच्न पुगेका नागरिक दैनिकका पत्रकार सुमन चापागाईलाई प्रहरीले दुर्व्यवहार गर्दै लाठी प्रहार गरेको हो । उनको त्रिपुरेश्वरस्थिगत एक अस्पतालमा उपचार भइरहेको छ ।