नेकपाको सचिवालय बैठक सुरु, प्रम ओली अनुपस्थित

नेकपाको सचिवालय बैठक सुरु, प्रम ओली अनुपस्थित

काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीबाहेक सबै सदस्यहरुको उपस्थिति छ ।

प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओली शल्यक्रियापछि आराम गर्नुपर्ने भएकाले बैठकमा अनुपस्थित भएका हुन् ।

बैठकले सभामुख चयानको विषय र उपनिर्वाचनको समिक्षा गर्ने  जनाइएको छ ।