नेपाल साग फुटबलको फाइनलमा

नेपाल साग फुटबलको फाइनलमा

नेपाल साग फुटबलको फाइनलमाभरखरै सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० गोल अन्तरले हराएसँगै नेपाल लगातार दोस्रो पटक दक्षिण एसियाली फुटबल (साग)फुटबलको फाइनलमा पुगेको छ ।

अब स्वर्णका लागि पर्सि भुटानसँग खेल्नेछ । भुटानसँग यसअघिको खेलमा नेपालले ४–० गोलले जीत निकालेको थियो । 

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा नै अग्रता लिइको थियो । कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरेका थिए ।

नेपालले  पहिलो ४५ मिनेटमा केही अवसर पाएपनि गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा भने नेपालले रक्षात्मक खेल खेल्यो र १–० कै अन्तरमा खेल जित्यो । आजको खेलमा बंगलादेशी खेलाडीले फल धेरै नै गरे ।