प्रधानमन्त्री ओलीको सरकारी भवन भत्काउन सुरु, डेरा मुख्यसचिवको निवासमा

प्रधानमन्त्री ओलीको सरकारी भवन भत्काउन सुरु,  डेरा मुख्यसचिवको निवासमा

काठमाडौं, २२ मंसिर । धानमन्त्री केपी शर्मा ओलीलाई सरकारी निवास बालुवाटारबाट राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको सरकारी निवासमा सारिएको छ ।

१० दिनसम्म अस्पतालमा उपचार गराएर फर्किएका प्रधानमन्त्री ओलीलाई आइतबार त्यसतर्फ सारिएको हो ।  सरकारले साविकको प्रधानमन्त्रीको सरकारी निवास भत्काएर नयाँ बनाउने निर्णयअनुसार काम सुरु गरेपछि उनलाई त्यसतर्फ सारिएको हो ।भवनका भग्नावशेषको फोहोर र निर्माणको सामाग्रीले संक्रमणको उच्च जोखिम हुने भएपछि प्रधानमन्त्रीलाई अहिले राष्ट्रिय सभाका अध्यक्ष बसिरहेको मुख्यसचिवको तत्कालीन निवासमा सारिएको हो । 

सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो । प्रधानमन्त्रीको पुरानो निवास भत्काउन करिब एक महिना लाग्ने बताइएको छ । उपचारपछि फर्किएका ओलीलाई चिकित्सकहरुले आराम गर्न सुझाउँदै भेटघाट कम गर्न भनेपछि बालुवाटारमा आराम गर्दै आएका छन् ।