‘भ्वाइस अफ नेपाल’ राम लिम्बुले जिते 

‘भ्वाइस अफ नेपाल’ राम लिम्बुले जिते 

भ्वाइस अफ नेपालको दोश्रो सिजनमा राम लिम्बु बिजेता भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्।

शनिबार राती चार प्रतिस्पर्धीमध्येबाट उनी बिजेता घोषित भएका हुन्। काठमाडौंको चुच्चेपाटीमा आयोजना गरिएको फिनालेले नयाँ भ्वाइस अफ नेपाल चयन गरेको हो।

उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। उक्त कार्यक्रम हिमालयन टेलिभिजनले लाइभ गरेको थियो।