पशु चिकित्सकमाथि बलात्कार गर्ने चरजना मारिए

 पशु चिकित्सकमाथि बलात्कार गर्ने चरजना मारिए

एजेन्सी। भारतको हैदराबादस्थित निजि अस्पतालमा कार्यरत महिला पशु चिकित्सकमाथि बलात्कारपछि जिउँदै जलाइएको अभियोगमा पक्राउ परेका चार जना प्रहरीसंगको मुडभेडमा मारिएका छन् ।

२६ नोभेम्बरको राती ९ बजे भएको उक्त घटनामा महिला डाक्टरको स्कुटिको टायर पञ्चर गराएर आरोपीले सहयोग गर्ने वाहानामा महिलालाई एकान्तमा लगि बलत्कार गरेका थिए ।

चार जनाले पटक–पटक बलात्कार गरेपछि महिलाको हत्या गरेका थिए । घटना भएको दोस्रो दिन स्थानिय एक नदिको पुलमुनि गोप्य अंग पोलिएको अवस्थामा उक्त महिलाको शव भेटिएको थियो । यो घटनालाई लिएर भारतका विभिन्न शहरमा प्रदर्शन भएपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा चारजनालाई पक्राउ गरेको थियो ।

ती चारै जनाको शुक्रबार प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । यो इनकाउन्टर हैदराबादबाट ५० किलोमिटर टाढा महबूब नगर जिल्लाको चटनपल्ली गाउँमा भएको हो ।

शुक्रबार राति चारै अभियुक्तलाई महिला डाक्टरको शव जलेको अवस्थामा बरामद भएको ठाउँमा लगिएको थियो । त्यहाँ अभियुक्तहरुले प्रहरीमाथि आक्रमणको प्रयास गरेपछि उनीहरुमाथि प्रहरीले गोली प्रहार गरेको हो ।