जव सहरका सडकमा उनीहरु नाङ्गै सुते...

जव सहरका सडकमा उनीहरु नाङ्गै सुते...



विश्व पशुपंक्षी अधिकार दिवसका अवसरमा स्पेनमा मनाइएको जनावर दिवसले भने धेरैलाई चकित तुल्यायो । 

यो दिवस मनाउने क्रममा पशुपंक्षीलाई काटमार गर्ने कामको विरोध गर्दै ७० जना अभियन्ताहरु सहरमा सडकमा नांगै सुते । नांगो शरीरमा नक्कली रगत पोखेर उनीहरुले बार्सिलोना सहरमा विरोध जनाएका हुन् ।
डेलीमेलका अनुसार ब्ल्याक फ्राइडेु को रुपमा क्याटालोनिया स्क्वायरमा उनीहरुले विरोध प्रदर्शन गरेका थिए । जुन भिडियो फूटेज अहिले सामाजिक सञ्जालमा पनि व्यापक शेयरु गरिएको छ । हरेक वर्ष हजारौं पशुपंक्षीको हत्या तथा दुव्र्यवहारलाई रोक्नुपर्ने उनीहरुको माग छ । यस्तो अनौठो विरोध प्रदर्शनको कार्यक्रम पशु अधिकार संस्था अनिमा नेचुरलीसुको आयोजनामा भएको थियो ।

प्रदर्शनको क्रममा उनीहरुले पीडा आनन्ददायक हुँदैनु भन्दै नारावाजी समेत गरेका थिए । भुवा तथा छाला उद्योगका लागि पशु हत्या जायज नभएको भन्दै उक्त संस्थाले आन्दोलनबारे ट्वीटरमा समेत उल्लेख गरेको छ । अनिमा नेचुरलीसुका अनुसार चीनमा लत्ताकपडाका लागि बिरालो र कुकुरको प्रयोग हुँदैआएको छ । साथै युरोपमा हरेक वर्ष भुवा तथा छाला प्रयोगका लागि ३ करोडभन्दा धेरै पशु नष्ट गरिन्छ ।
एजेन्सी