५ हजार मिटर दौडमा गोपीचन्द्रले जिते स्वर्णं पदक 

५ हजार मिटर दौडमा गोपीचन्द्रले जिते स्वर्णं पदक 

काठमाण्डौ, १० मंसिर । जारी साग प्रतियोगितामा नेपालका लागि गोपीचन्द्र पार्कीले ५ हजार मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । पार्कीले १४ मिनेट ५४.२० सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

भारतीय खेलाडी सुनील दावारले रजत पदक जिते । उनले १४ मिनेट ५५.२१ सेकेन्डमा दौड पूरा गरेका थिए । नेपालकै हरि रिमालले १४ मिनेट ५७.०५ सेकेण्डमा दौड पूरा गर्दै कांस्य पदक जिते ।

जारी सागमा नेपालले एथ्लेटिक्समा दोस्रो स्वर्ण जितेको हो । यसअघि सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् । योसँगै जारी सागमा नेपालले स्वर्ण पदकको संख्या ३७ पुर्‍याएको छ ।