जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको हो : प्रचण्ड

जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको हो : प्रचण्ड

धनगढी, १९ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले जनताको भावना अनुसार नै सीमाका बारेमा सरकारले भारतलाई चिठि लेखेको बताएका छन् । उनले वार्ता र छलफलबाटै सीमा विवाद हल गर्नुपर्ने र सुरुमा नै यस बिषयलाई अन्तराष्ट्रियकरण गर्न नहुने आफुले बताएको जनाए ।

बिहीबार धनगढी पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै नेपालका लागि भारतीय पूर्वराजदुत श्यामशरणले  यस बिषयलाई राजनीतिकरण गर्न हुँदैन भन्दै दिएको वक्तव्य उचित नभएको बताए ।  सीमा बिवादलाई राजनीतिकरण देख्ने श्यामशरणको दृष्टिदोष भएको उनको भनाई छ ।  

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले अव सरकारको गति बढ्ने बताए । उनले मन्त्रीमण्डलको पुनर्गठन भएकाले सरकारको गति बढ्ने बताएका हुन् ।  उनले भने, 'सरकार पुनर्गठन भएपनि सरकारको कामप्रति जनताको अपेक्षा बढेको छ, नयाँ मन्त्रीहरुले जनताको आकांक्षा पुरा गर्नुहुन्छ भन्ने विश्वास पार्टीले पनि लिएको छ ।'