पाल्पामा जिप दुर्घटना, दुईको ज्यान गयो 

पाल्पामा जिप दुर्घटना, दुईको ज्यान गयो 

पाल्पा, १९ मंसिर । बिहीबार पाल्पामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ चौबिस माइलस्थित सिद्धार्थ राजमार्गमा सो दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बिहीबार बिहान ११ बजे लु १ ज ४२०९ नम्बरको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको हो । मृत्यु हुने दुईजना नै पुरुष रहेको र उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा विस्तृत विवरण आउन बाँकी छ ।