प्रदेश दुईको उपनिर्वाचनमा नेकपालाई किन लाग्यो ठूलो झट्का ?

प्रदेश दुईको उपनिर्वाचनमा नेकपालाई किन लाग्यो ठूलो झट्का ?

सिरहा, १७ मंसीर । हालै सम्पन्न उपनिर्वाचन केही दलका लागि फलिफाप बनेको छ भने कतिपय दलका निराशै निराशामा परिणत भएका छन् । मंसीर १४ गते भएको उपनिर्वाचनको परिणाम आउँदा प्रदेश २ मा नेपाल कम्युनिष्ट पार्टीलाई भने ठूलै झटका लागेको छ । 

प्रदेश २ मा १ गाउँपालिका अध्यक्ष र ९ वडासहित १० स्थानका लागि भएको उपनिर्वाचनमा नेकपा कमजोर देखिएको छ । उपनिर्वाचन सम्पन्न भएको नौ वटा वडामध्ये प्रदेश २ सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टीले चार वडा, सत्ता गठबन्धनका राष्ट्रिय जनता पार्टीले दुई वडा, नेपाली काँग्रेसले २ वडा र नेकपाले एक गाउँपालिका अध्यक्ष र १ वडामा जित हात पारेका छन् ।

समाजवादी पार्टीले जितेका वडाहरुमा २ वटा पुरानो वडालाई निरन्तरता दिएका छन् भने थप दुई वटा जसमा काँग्रेस र तत्कालीन एमालेले जितेको थियो, त्यहाँ आफ्नो झण्डा फहराएका छन् ।

पर्साको सखुवा पर्सौनी ५, महोतरीको बलवा नगरपालिका ८, बाराको गढीमाई गाउँपालिका १ र सर्लाहीको हरिपूर्वा नगरपालिका– १ मा समाजवादीले आफ्नो पकड बनाउँदा सत्ता साझेदार राजपाले महोत्तरीको मटिहानी नगरपालिका ६ र सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा आफ्नो झण्डा फहराएको छ । 

नेकपाले महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष र सिरहाको कल्याणपुर नगरपालिका १२ को वडा अध्यक्ष पद मात्र जित्न सक्यो । यसरी चुनाबको परिणामले समाजवादी र राजपा उत्साहित हुँदा नेकपाका निराशा बनेको छ । उपनिर्वाचन परिणामले प्रदेश २ मा समाजवादीलाई बलियो देखाएको र समाजवादी पार्टी नेतृत्वको प्रदेश २ सरकारको कामकाजबाट जनता प्रसन्न रहेको पुष्टि गरेको सत्तापक्षको तर्क छ ।

यद्यपि प्रदेश २ मा नेकपाको मत अनुपात बढ्ेको देखिन्छ । कुनै बेला मधेश केन्द्रीत दलहरुको दबदबा रहेको स्थानहरुमा समेत नेकपा दोश्रो र तेश्रो स्थानमा देखिएको छ भने भने समाजवादी र राजपा मिलेर चुनाब लडेको स्थानमा समेत नेकपाले जितेको छ । यसबाट पनि मेहनत गर्दा र मिल्दा नेकपाको प्रदेश २ मा प्रभाव बढाउनसक्ने सम्भावना छ । 

तर चुनाब अघि चुनाब जित्ने आंकलन गरिएको स्थानहरुमा नेकपा पराजित हुनुलाई बिश्लेषकहरुले बिभिन्न रुपमा अथ्र्याएका छन् । 

सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ मा समाजवादी पार्टी र राजपाबाट संयुक्त उम्मेदवार दिएकी प्रमिलादेवी यादवसँग नेकपाका अच्छेलाल यादव ११ मतको झिनो अन्तरले पराजित भएको छ । नेकपाका उम्मेदवार अच्छेलाल यादव जित्ने करिब करिब निश्चित जस्तै देखिएपछि अन्तिममा काँग्रेसका उम्मेदवारले पनि राजपाका उम्मेदवारलाई सघाएपछि त्यहाँ नेकपा पाराजीत भएको कतिपय नेकपाका नेताहरुको बुझाई छ । यद्यपि यहाँको परिणामले नेकपालाई ठूलै धक्का लागेको छ । 

छिन्नमस्ता गाउँपालिका ७ मा राजपा जित्नुलाई कतिपय आलोचकहरुले सप्तरीमा नेकपाको जनअसन्तुष्टी बढ्ेको प्रचार गरिरहदाँ त्यहाँको मत परिणामको विश्लेषण गर्दा अधिकांश दल मिल्दा समेत नेकपा थोरै झिनो मतले पराजित हुनु नेकपाप्रति जनचाहना बढ्ेको नै मान्न सकिन्छ । तर जित्नै पर्ने ठाउँमा नेकपा पराजित हुनुलाई धेरैले अस्वाभाविक रुपमा लिएका छन् । 

प्रदेश २ मा नेकपाले अधिकांश स्थानमा नजित्नुको पछाडि अन्य दलप्रति जनताको चाहना बढ्ेको नभई आफ्नै भित्रको आन्तरिक बिवाद र उम्मेदवार छनौटमा भएको मनोमानीका कारण भएको बिश्लेषकहरु बताउँछन् । 

प्रदेश २ मा नेकपाको जिल्ला कमिटी बिस्तारका क्रममा देखिएको बिवादलाई मिलाउन नसक्नु, पार्टी एकता भए पनि अझै कार्यकर्ता स्तरमा भावनात्मक एकता हुन नसक्नु, उम्मेदवार छनौटलाई पारदर्शी बनाउन नसक्नु र चुनाबका बेला केन्द्रीय नेताहरुको खासै उपस्थिति नहुनु जस्ता कारणले नेकपाले प्रदेश २ मा अधिकांश स्थान गुमाउनु परेको नेकपाका कतिपय नेताहरुको भनाइ छ । 

छिन्नमस्ता ७ को उपनिर्वाचनमा एकातिर अन्य दलका ठूला नेताहरु नेकपालाई घेराबन्दीमा पारेर कमजोर बनाउन भ्रामक प्रचार गरे अर्काेतर्फ प्रहरी प्रशासनहरुबाट समेत नेकपाका कार्यकर्ताहरुमाथि अभद्र व्यवहार  भयो, नेकपाका एक नेताले भन्ने ‘‘हामीले यो कुराहरु पार्टीको प्रदेश २ का अध्यक्ष र सचिवलाई समयमै जानकारी गराए तर, कुनै सुनुवाई भएन्, अन्तिम परिणाम अकल्पनीय आयो” हामीले त्यो जित्नै पर्ने सिट समेत गुमाएका छौं ती नेताको कथन छ । यसरी पार्टीलाई लथालिङ्ग छाड्ेर चुनावमा जाँदाको परिणाम यस्तो आएकाले नेकपाको नेतृत्व पंक्तिले समयमै पार्टीभित्रको आन्तरिक विवाद सुल्झाएर पार्टी संगठनलाई मजबुत बनाउने तर्फ केन्द्रीत हुनु जरुरी छ अन्यथा केही वर्षपछि हुने अर्काे निर्वाचनमा पनि नेकपाको अवस्था अझ दुखद नहोला भन्न सकिन्न ।