क्यान्सरको उपचार गर्ने नयाँ प्रकाश पुञ्जको विकास

क्यान्सरको उपचार गर्ने नयाँ प्रकाश पुञ्जको विकास

काठमाडौ । वैज्ञानिकहरूले क्यान्सरको उपचारका लागि नयाँ किसिमको प्रकाश पुञ्जको (फोटोन बिम)को विकास गरेका छन् । गैर विषालु सिलिकन नानो क्रिस्टलको प्रयोग गरी उच्च ऊर्जा सहितको प्रकाश निर्माण गर्न सकिने विधिको विकास वैज्ञानिकहरूले गरेका हुन् । यो नयाँ पुस्ताको उच्च प्रविधि हो ।

क्यालोफोर्निया युनिभर्सिटी, रिभरसाइड र अस्टिनस्थिति युनिभर्सिटी अफ टेक्सासका अनुसन्धानकर्ताहरूले होली ग्रेलको पत्ता लगाएका छन् । यो होली ग्रेलले उनीहरूलाई प्रकाशको न्यून ऊर्जालाई उच्च ऊर्जामा परिवर्तन गर्न सक्ने क्षमता प्रदान गरेको छ । सिलिकन नानोक्रिस्टल संरचना र जैविक अणुहरूलाई सावधानीपूवंक निर्माण गर्न सकिने गरी यसको प्रयोग गरिन्छ ।

अल्ट्राभायलेटजस्तो प्रकाशको उच्च ऊर्जाले स्वतन्त्र रेडिकलहरूको  उत्पादन गर्न सक्छ । यसले क्यान्सरका कोषलाई मार्न सक्छ ।साथै यो क्यान्सर भएका गाँठहरूमा आक्रमण गर्दा गहिरो जान सक्दैन् । ठीक यही बेला  न्यून ऊर्जाका प्रकाशका कणहरू गहिरोगरी प्रवेश गर्छ तर क्यान्सरसँग लड्न सक्ने स्वतन्त्र रेडिकलहरू उत्पादन गर्दैन् ।

भनिए अनुसारको प्रकाश परिवर्तन गराउने विधि ‘फोटोन अप कन्भर्जन’ले यो कमी पूरा गर्न सक्छ ।  यसले न्यून ऊर्जाका प्रकाश कणलाई शक्तिशाली बनाउँछ ।