हिन्दीको माग गर्नेहरूले भारतीयहरूको विवाद ल्याउन खोजेका हुन

हिन्दीको माग गर्नेहरूले भारतीयहरूको विवाद ल्याउन खोजेका हुन

काठमाडौ । अधिकारको आन्दोलनका क्रममा मधेशीहरूको हक अधिकारको वकालत गर्नेहरूले नेपालीको ठाउँमा हिन्दीको वकालत गर्न थालेका छन् ।  नेपालको सीमा भित्र स्वाभाविकरूपले जरा गाडेर बाँचिरहेका भाषाहरूलाई विस्थापित गराउन र नेपाली भाषी सामान्तहरू विरूद्धको आक्रोशमा हिन्दीको मागलाई उचालिरहेका छन् ।

हिन्दीको माग गर्ने राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीका नेताहरू मुख्यरूपमा नेपाली राजनीतिक आन्दोलनमा चर्चित र विवादित रहेका छन् । उनीहरूको यो माग भारतीयहरूको भाषिक विवाद ल्याउन खोजिएको देखिएको छ । नेपाली भूमि भित्र हिन्दीको औपचारिकता खोज्नेहरूले तराई मधेशका आम जनतालाई खाडलमा जाक्न गुलियो विषय दिन थालेको देखिएको छ ।

भारतमा आफै हिन्दीको विषयमा व्यापाक विवाद रही आएको छ । हिन्दुवादीहरूको हिन्दुत्वको अन्धानुकरण गराइले भारतमा फेरि विवाद बल्झिन थालेको छ । हिन्दीबाट उर्दु, फारसी र अरबी शब्दलाई निकालेर फाल्ने दुस्साहस सरकारी अधिकारी र तिनका अधिकारीहरूबाट गर्न थालिएको छ ।

दिल्ली विश्वविद्यालयमा हिन्दी विषयमा खोज गरिरहेकी चारु सिंहले ‘ क्या उर्दु फारसी के निकलने से कÞानूनी भाषा आम लोगों के लिए आसान हो जाएगी?’(के उर्दु फारसीलाई झिक्दा कानुनी भाषा आम मानिसका लागि सहज भइ हाल्छ ?)
द वायरमा प्रकाशित त्यो लेख हिन्दीलाई सम्पर्क भाषाको औपचारिकता दिलाउन खोज्ने नेपालका अभियन्ताहरूलाई पढनै पर्ने देखिएको छ । साथै के हिन्दी भाषाको औपचारिकता दिलाउँदैमा आम मधेशीहरूका लागि त्यो सहज भइ हाल्छ भन्ने प्रश्नको जवाफ खोज्न पनि मद्दत गर्ने देखिएको छ ।

भारतको सन्दर्भमा दिल्लीको हाइकोर्टले रूबरू’, ‘इश्तेहार’, ‘जÞाहिर’, ‘राजÞीनामा’, ‘मुजÞरिम’, ‘गुफÞ्तगू’, ‘संगीन अपराध’ और ‘तफÞ्तीश’ जस्ता ३८३ शब्दलाई अब अदालती भाषा र  प्राथमिक उजुरी (एफआईआर)मा उल्लेख नगर्ने गरी बाहिर राखिएको छ ।

यसो गर्नुमा उर्दु, अरबी र फारसी शब्दलाई हिन्दीलाई अलग पार्ने र बाबरी मस्जिद ध्वस गर्नेहरूका अनुयायीहरूको प्रभावमा अगस्ट २०१९मा  हाईकोर्टले प्रहरी अधिकारीलाई अभ पनि उर्दू और फÞारसी शब्दको प्रयोग किन भइरहेको भनि प्रश्न सोधेको थियो । 

उच्च अदालतका अनुसार यस्ता उर्दु अरबी र फारसी शब्दको प्रयोग पीएचडी गर्नेहरूले मात्र बुझ्ने गर्छन् । तर अदालतले सूचीकृत शब्दहरू भारतका हिन्दी भाषीका लागि नौलो शब्द अहिले नरहेको भाषा अध्येताहरूको बुझाइ रहेको छ । अदालतको यो आदेश एक वकिलले लोकहितको मुद्दा अन्तर्गत उर्दु फारसीको शब्दको ठाउँमा सरल भाषाको प्रयोगमा जोड दिन गरेको माग अनुसार आएको थियो ।

शोधार्थी चारु सिंहले उल्लेख गरे अनुसार १९औं शताब्दीको भारतमा ं ‘हिन्दवी’, ‘भाखा’ वा ‘हिन्दोस्तानी’ भनिने ‘खड़ी बोली’ हिन्दीलाई दुई टुक्रा गरिएको थियो ।  हिन्दु मध्यमवर्गले  ‘गोरक्षा आंदोलन’ सँगै ‘नागरी आन्दोलन ’लाई जोडेर एक लामो आन्दोलन चलाए । चारुका अनुसार धार्मिक गुटबन्दीका कारण  एकले अर्कोलाई भिन्न साबित गर्ने प्रयास गरिएको थियो । तर वास्तविमा भाषाको भेद थिएन ।

हिन्दी साहित्यको इतिहासले सयकडौं वर्षदेखि सहजरूपमा प्रचलित अरबी–फÞारसीजस्ताशब्दहरूलाई बलपूर्वक हिन्दीबाट झिक्ने काम हुँदा हिन्दी अन्दोलनकारीहरूलाई कठिनाइको सामना परेको दर्शाउँछ । यसले भाषालाई अशक्त बनाउने काम गरियो । हिन्दीको  नाममा संस्कृतका शब्दहरूलाई अस्वाभाविकरूपमा तानतुन पार्ने काम भएको थियो ।   अहिले भारतमा त्यही काम भइरहेको चारुको बुझाइ छ ।
आदमी, औरत, उम्र, कÞिस्मत, कÞीमत, किताब, दुकानजस्ता शब्द अरबी भाषाबाट आएका छन् । चश्मा, चेहरा, जलेबी, जहर, मकान, शादी, सरकार, लेकिन, लाल, वापसजस्ता शब्द  फÞारसीबाट आएका छन् ।
यसैगरी बहादुर, कुर्ता, कैंची, चाकू, चम्मच, बीबी, बारूद, लाश जस्ता दैनिक जीवनमा उपयोग हुने शब्द तुर्की भाषाका हुन् ।  यो हिन्दीको अभिन्न हिस्सा भएको चारूको भनाइ छ । यी शब्द बिना कुनै पनि हिन्दी भाषी भारतीयहरूले एक क्षण बस्न सक्ने अवस्था विद्यमान हो ।
नेपालमा हिन्दी भाषालाई सम्पर्क भाषाको औपचारिकता खोज्नेहरूले कुन हिन्दी भाषाको खोजी गरिरहेका छन् । नेपालको सन्दर्भमा यी शब्द मैथिली, भोजपुरी र अवधी भाषाभाषी मात्रै होइन नेपालीमा पनि परिचलित रहेका छन् । विद्यमान भाषाको सहजतालाई विकृत पार्ने गरी हिन्दी भाषाको मान्यता दिलाउनेहरूको अभिष्टको खोजी हुनुपर्ने देखिन्छ । चारुले विद्यमान भारतीय व्यवहारका आधारमा उठाएको सवाल जस्तै नेपाली समाजमा यो प्रश्न उठेको छ – के हिन्दीको सम्पर्क भाषा बनाउँदै आम मधेशीहरूको विद्यमान व्यवहारिक भाषिक जीवन सहज हुन्छ ?”