अमेरिकाले फ्रान्सेली वस्तुहरूमा अतिरिक्त भन्सार महशुल लगाउने

अमेरिकाले फ्रान्सेली वस्तुहरूमा अतिरिक्त भन्सार महशुल लगाउने

काठमाडौ  २.४ अर्ब अमेरिकी डलर बराबरको फ्रान्सेली वस्तुहरूमा अतिरिक्त भन्सार लगाउने विषयमा अमेरिकाले प्रस्ताव गरेको हो । अमेरिकाले केही बस्तुमा १०० प्रतिशतसम्मको महशुल थप्ने भएको देखिएको हो । फ्रान्सले डिजिटल कर लगाएको विरोधमा अमेरिकाले फ्रान्समा उत्पादित वस्तुमा अतिरिक्त भन्सार लगाउन लागेको हो ।

फ्रान्समा बनेका ह्यान्डब्याग , मदिरा, चीज, मेकअपका सामान र घरपरिवारमा प्रयोग हुने वस्तुहरूमा अतिरिक्त भन्सार महशुल लगाउन लागेको अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालयले जनाएको हो । जारी विज्ञप्तिमा भनिएको छ “ फ्रान्सको डिजिटल सर्भिस ट्याक्स विभेदकारी भएको छ त्यसैले फ्रान्सका कतिपय वस्तुमा १०० प्रतिशतसम्मको महशुल थप्न प्रस्ताव गरिरहेका छौं ।”

जुलाईमा फ्रान्सको संसदले टेक्नलजि प्रतिष्ठानहरूमाथि ३ प्रतिशत डिजिटल सर्भिस ट्याक्स थप्ने प्रस्ताव पारित गरेको थियो । गुगल, एप्पल, फेसबुक र अमेजनजस्ता ठूला कम्पनीहरूले फ्रान्सको करलाई अन्यायपूर्ण भनेर अमेरिकी सरकारसमक्ष गुनासो गरेको थियो ।  त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति म्याक्रोनको मूर्खतापूर्ण हकर्तको जवाफ दिने बताएका थिए । उत्तर अटलान्टिक सन्धी संगठन नेटाको शिखर सम्मेलन अघि यो महशुल बढाउने विवाद अमेरिकाले सारेको देखिएको छ ।