विमानस्थलमा आफै ब्याग बोक्ने स्विडनका राजाको भारत भर प्रशंसा

विमानस्थलमा आफै ब्याग बोक्ने स्विडनका राजाको भारत भर प्रशंसा

काठमाडौ । स्विडनका  राजा कार्ल गुस्ताफ सोह्रौले विमानस्थलमा आफ्नो ब्याग आफैं बोकेको देखेर सामाजिक सञ्जालका गुस्ताफ दम्पत्तिको प्रशंसा भइरहेको पाइएको छ । राजदम्पत्ति गुस्ताफको  राजकीय विमान खराब भएकाले उनीहरू एयर इन्डियाको विमानबाट  भारत भ्रमाणमा पुगे ।

गुस्ताफका साथ उनकी पत्नी सिल्विया विमानस्थलमा ओर्लेपछि एयर इन्डियाकी कन्ट्री म्यानेजर संगीता सन्यालले स्वागत गरेकी थिइन् । कुनै राजघरानाका व्यक्तिबाट सरकारी यात्राका लागि व्यवसायिक उडानको प्रयोग गरिएको यो पहिलो पटक भएको देखिएको छ ।

दिल्लीको इन्दिरा गांधी अन्तर्राष्ट्रिय विमानस्थलमा सन्यालले स्वागत गर्दा लिइएको तस्विरमा राजाले आफ्नो ब्याग आफै उठाएको देखेर सामाजिक सञ्जालका उपभोक्ताहरूले भारतका नवसामन्तहरूको व्यवहारप्रति कटु आलोचना गरी राजाको व्यवहारको प्रशंसा गरेका छन् । 

भारतको भीआइपी संस्कृतिसँग तुलना गर्दै समाजिक सञ्जालका उपभोक्ताहरूले शाही घरानाका भएर मात्रै होइन जेष्ठ नागरिकको हैसियतमा पुगेका राजा गुस्ताफले आफ्नो ब्याग बोकेको विनम्र व्यवहारबाट सरकारी कर्मचारीबाट जुत्ता उठाउन लगाउने र डोरी बाँध्न लगाउनहरू सिक्ने हुन कि भने टिप्पणी गरेका छन् ।

५ दिवसीय भ्रमणमा भारत पुगेका राजदम्पत्तिलाई राष्ट्रभवनमा स्वागत गरियो । दुई देशबीच कतिपय सम्झौत हुने अपेक्षा गरिएको छ।