करातेमा विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण पदक

 करातेमा विप्लवलाल श्रेष्ठले दिलाए स्वर्ण पदक

काठमाडौं, १६ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको ८४ केजी तौल समूह माथि भएको स्पर्धामा नेपालका विप्लवलाल श्रेष्ठले स्वर्ण पदक जितेका छन्।

उनले पाकिस्तानका मोहम्मद बजलाई ६–५ को अंकमा पराजित गर्दै स्वर्ण पदक हात पारेका हुन् । निकै प्रतिस्पर्धात्मक खेलमा विप्लवले नतिजा आफ्नो पक्षमा पारेका हुन्। सअघि उनले श्रीलंकाका मगोनालाई नकआउट गर्दै फाइनलमा प्रवेश गरेका थिए। उनले मगोनालाई ८–० को अंकमा पराजित गरेका थिए।