शेयरबजारको सुस्त चाल, गति समाउन सकेन  

शेयरबजारको सुस्त चाल, गति समाउन सकेन  

सोमबार शेयरबजार परिसूचक ‘नेप्से’ सामान्य ओरालो लागेको छ । सुस्त यात्रामा रहेको शेयरबजारले अझै गति समाउन नसकेको सम्बन्धित विज्ञको दावी रहेको छ । 

सोमबारको कारोबारमा एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, जनउत्थान लघुवित्त र एनआईसी एशिया बैंकको सवैभन्दा धेरै रकमको कारोबार भएको छ । 
सोमबार नेप्से परिसूचक यस दिन ०.८६ अंक घटेर एक हजार १११ दशमलव ९९ विन्दुमा झरेको छ। नेप्से ओरालो लागेपनि यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढेको देखिन्छ। यस दिन १६४ कम्पनीको २३ करोड २२ लाख ५९ हजार रुपैयाँ बराबरको ८ लाख २६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबारको कारोबारमा व्यापार उप–समूहको परिसूचक यस दिन सर्वाधिक ३.२ प्रतिशत बढेको छ। जलविद्यूतको यस दिन ०.२४ र बैंकिङ्गको ०.११ प्रतिशत बढेको छ भनेृ जीवन बीमा उपसमूहमा घटेको छ। म्युचुअल फन्ड उपसमूहको परिसूचक यस दिन ०.९२ र होटलको ०.५ प्रतिशत घटे भने अन्य उपसमूहका परिसूचकहरु सामान्य घटेका छन्।