भारी मतान्तरसहित कास्की २ मा विद्या भट्टराई निर्वाचित

भारी मतान्तरसहित कास्की २ मा विद्या भट्टराई निर्वाचित

कास्की २ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई निर्वाचित भएकी छन् ।

सत्तारुढ पार्टी नेकपाकी उम्मेदवार भट्टराईले ८ हजार ४०३ को भारी मतान्तरले चुनाव जितेकी छिन् । उनले २४ हजार ३ सय ९४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९९१ मत मात्र पाएका छन् ।

यस्तै समाजवादी पार्टीका धर्मराज गुरुङले १९ सय २२, राप्रपाका रोमबहादुर भण्डारीले ११५३, साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याएका छन् । 

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।