मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन् । 

पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी भएका हुन् । नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भए । त्यस्तै, नेपाली काँग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याए । नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो । मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए । 
    
त्यस्तै सङ्घीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३३२ मत प्राप्त गरेका छन् । नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेशाबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा आएका हुन् । मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो । कटुवाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।