हुम्ला खार्पुनाथमा उपाध्यक्षमा नेकपाका उम्मेदवार विजयी

हुम्ला खार्पुनाथमा उपाध्यक्षमा नेकपाका उम्मेदवार विजयी

हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार रुपा शाही विजयी भएकी छिन् । 

उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि तीनवटा राजनीतिक दलहरु चुनावी मैदानमा रहेपनि नेकपाका शाही एक हजार ४५३ मत ल्याएर विजयी हुएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका तारा शाहीले एक हजार ३८५ मत ल्याएकी थिइन् । नेकपाका उम्मेदवार शाही यस अघिको निर्वाचन २०७४ सालमा पराजित भएकी थिइन् ।