लगानकर्ताको विश्वास बढ्दै, ‘नेप्से’ सूचक स्थीर 

लगानकर्ताको विश्वास बढ्दै, ‘नेप्से’ सूचक स्थीर 

लगानीकर्ताको शेयरबजारप्रति आत्मबल बलियो देखिएको छ । बजारमा चर्को मोलमोलाइ बाबजुत साताको पहिलो कारोबार दिन नेप्से करिब करिब स्थीर जस्तै देखिएको छ। यस दिन नेप्से ०.०७ अंक बढेर १ हजार ११२.८५ विन्दुमा आई पुगेको छ। नेप्से यस दिन झिनो अंकले बढ्दा कारोबार रकमले भने साथ दिएन । कारोबार साढे २० करोडमा सीमित भयो ।

आइतबार १६१ कम्पनीको ३ हजार ७३४ पटकको कारोबारमा २० करोड ६३ लाख रुपैयाँ बराबरको ६ लाख ७५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आइतबारको कारोबारमा ४ कम्पनीको मात्र १ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। नबिल बैंक, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एनआईसी एशिया बैंकको यस दिन १ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

यस दिन जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.६१ प्रतिशत बढेको छ। त्यसैगरी, अन्यको ०.६५, वित्तको ०.५३, होटलको ०.२५, जलविद्युतको ०.२२ र उत्पादनको ०.१३ प्रतिशत बढेको छ।
व्यापार उपसमूहको परिसूचक यस दिन २.८७, म्युचुअल फन्डको ०.९, विकास बैंकको ०.५८, निर्जीवन बीमाको ०.४९, लघुवित्तको ०.४६ र बैंकिङ्गको ०.३२ प्रतिशत घटेको छ।