भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल बिजयी 

भक्तपुरमा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल बिजयी 

भक्तपुर १५ मंसिर । भक्तपुर निर्वाचन क्षेत्र १(क) को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल बिजयी भएका छन् । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ७४८ मत ल्याएर विजयी भएका हुन् ।

उनले नेकपाका उम्मेदवार डीपी ढकाललाई पराजित गरेका हुन्। ढकालले ११ हजार २ सय १० मत प्राप्त गर्नुभयो । नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गर्नु भएको हो । निर्वाचन कार्यालयले भँडेल निर्वाचित हुनु भएको औपचारिक घोषणा भने गरेको छैन ।