मोदीलाई पामेलाद्वारा दिल्लीको वायु प्रदुषण हटाउन मासु बन्देजको सुझाव

मोदीलाई पामेलाद्वारा दिल्लीको वायु प्रदुषण हटाउन मासु बन्देजको सुझाव

काठमाडौ । अभिनेत्री पामेला एन्डर्सनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिल्लीको वायु प्रदुषण हटउन र जलवाु परिवर्तनको संकटसँग जुध्न सरकारी कार्यक्रममा वनस्पतिमा आधारित खाद्य सामाग्रीको व्यवहारमा ल्याउन आग्रह गरेकी छिन् ।

क्यानाडियन अमेरिकी अभिनेत्री पामेलाले प्रधानमन्त्री मोदीलाई एक पत्र लेखेर सरकारी कार्यक्रममा वनस्पतिमा आधारित खाद्य सामाग्रीको प्रयोग र मासुको प्रयोगमा रोक लगाउँदा  दिल्लीको प्रदुषण कम गर्न  मदत मिल्ने तर्क प्रस्तुत गरेकी छिन् ।

पेटा युएसकी मानार्थ निर्देशक समेत रहेकी पामेलाले  खतरनाक स्तरमा पुगेको दिल्लीको प्रदुषणको असरमा बाँचिरहेकाहरूको बारेमा सोचेर मेरो मुटु बाहिर आउन खोजेको बताइन् । अझ अनुहारमा मास्क लगाउन नसक्ने निमुखा पशुहरूको अवस्थाबारे उनले विशेष चिन्ता जाहेर गरेकी छिन् ।

उनले पशुजन्य खाद्य सामाग्रीको प्रयोगमा सबै प्रकारका सरकारी बैठक र कार्यक्रमहरूमा बन्देज लगाउने कार्य आफैमा ठूलो पहल हुने उनले विश्वास लिएकी छिन् । जलवायु परिवर्तनको संकट विरूद्धको लडाइँमा यो सामान्यरूपमा बाध्यकारी तर प्रगतिशील कदम हुने विश्वास व्यक्त गरेकी छिन् ।

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सरकारी प्यानल(आईपीसीसी)ले तयार पारेको प्रतिवेदनमा मासुको उपभोग घटाउनु जलवायु परिवर्तनको लडाइँका लागि आवश्यक भएको जनाइएको छ । पत्रमा उनले लेखेकी छिन् ‘ वनस्पति भोजन एक विकल्प नभइ आवश्यकता छ ’

पशुहरूको संरक्षणकी अभियन्ता पामेलाले यसअघि रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र लेखेर अवैध ह्वेल जेलबाट ह्वेललाई मुक्त गर्न आग्रह गरेकी थिइन् । उनले क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रडउलाई कारागारमा बन्दीहरूलाई दिने भोजनबाट मासु र दुधजन्य वस्तुको प्रयोगमा रोक लगाउन भनेकी थिइन् । यसबाट धरती र बन्दीको स्वास्थ्यलाई सहयोग गर्ने विश्वास व्यक्त गरेकी थिइन् ।