कास्की २ उपनिर्वाचनमा ६४ प्रतिशत मत खस्यो 

कास्की २ उपनिर्वाचनमा ६४ प्रतिशत मत खस्यो 

१४ मंसिर, कास्की । कास्की क्षेत्र २ अन्तर्गत प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आज भएको निर्वाचनमा करिब ६४ प्रतिशत मत खसेको छ ।

कास्की २ मा ७१ हजार ८ सय ७१ मतदाता सङख्यामध्ये शनिबारको उपनिर्वाचनमा करिब ६४ प्रतिशत अर्थात ४५ हजार जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले बताए ।

उपनिर्वाचनमा पुरुष भन्दा ६ प्रतिशत अर्थात २ हजार ७ सय जना बढी महिला सहभागिता भएको उनले जनाए । उनका अनुसार महिला ५३ प्रतिशत अर्थात २३ हजार ८ सयष् ५० र पुरुष ४७ प्रतिशत अर्थात २१ हजार १ सय ५० मतदानमा सहभागी भएका हुन्। यसको एकिन तथ्याङक भने केही समय पछि मुख्य निर्वाचन कार्यालयमा सम्पूर्ण मतपेटिका आएपछि मात्र थाहा हुने जनाएको छ ।

सम्पूर्ण मतपेटिका मुख्य निर्वाचन कार्यालयमा आएसँगै आज साझ सर्वपक्षीय, सर्वदलीय बैठक बसेर आजैबाट मतगणना समेत सुरु गर्ने तरखरमा आफूहरु रहेको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले बताए ।

जिल्ला समन्वय समितिमा पहिलो चरणमा दुई ठाउँबाट मत गणना सुरु गर्ने भएकोे सहायक निर्वाचन अधिकृत उपाध्यायले बताए । उनका अनुसार आइतबार बेलुकासम्ममा सवैको साथ र सहयोग भएमा मतपरिणाम आउने छ ।

बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान आज साँझ ५ बजे सम्पन्न भएको हो । पोखरा महानगरभित्र का ११ वटै वडामा ३२ मतदान स्थल मध्य ८२ मतदान केन्द्रमा छिटपुट घटना बाहेक सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न भएको निर्वाचन अधिकारी सुवेदीले बताए । कास्की २ मा १० स्वतन्त्रसहित २१ जना उम्मेदवार रहेका छन् ।