यस्तो छ रुसी राष्ट्रपति पुटिन चढ्ने जहाज...

 यस्तो छ रुसी राष्ट्रपति पुटिन चढ्ने जहाज...

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जीवनशैली अन्य देशका राष्ट्राध्यक्षको भन्दा निकै फरक छ । उनी व्यक्तिगत मोबाइल फोन प्रयोग गर्दैनन् । नियमित व्यायाम र घुमघाम गर्छन् । तर, उनी निकै कम विदेशयात्रामा निस्कन्छन् ।

पुटिनको विदेश भ्रमण खास उद्देश्यले मात्र हुन्छ । उनी चारवटा इञ्जिन भएको सुरक्षाका दृष्टिले अब्बल र आरामदायी विमानमा यात्रा गर्छन् । रुसी राष्ट्रपति शयर गर्ने विमानलाई रुसी राष्ट्रपतिको विमान भनिन्छ । यसलाई रोसिया एयरलाइन्सले संचालन गर्छ । लामो दूरीमा चल्न सक्ने र वाइडवडीको इयुसिन टु ९६ ३०० पियु विमान अत्याधुनिक बनाइएको छ । यसलाई भोरोनेज एयरक्राफ्ट प्यालन्टमा परिमार्जन गरी अझ उत्कृष्ट बनाइएको हो ।

विमान परिष्कृत गरेर उत्कृष्ट बनाउन पुटिन आफैले नीरिक्षण गरेका थिए । विमान सुरक्षाका दृष्टिले निकै प्रभावकारी मानिन्छ । यसको सञ्चार सुविधा पनि राम्रो छ ।