ट्रम्प चीनसँग सम्झौता गर्न नखोजेको विज्ञहरूको भनाइ

ट्रम्प चीनसँग सम्झौता गर्न नखोजेको विज्ञहरूको भनाइ

काठमाडौ । अमेरिका सन् २००८को भन्दा खराब अर्थतन्त्र संकट तर्फ बढिरहेको र चीनसँग सम्झौता गर्न नखोजिएको विज्ञहरूले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ अधिककारीहरूसँगको टेलिफोन वार्ताबाट दुबै देशबीच सम्झौता हुने विश्वास बढाएको भनेको विषयबारे टिप्पणी गर्दै पीटर स्किफले यस्तो बताएका हुन् ।

अमेरिका चीनबीचको व्यापार युद्ध १६ महिना पुरानो भइसकेको छ । यी दुबै देशबीच कुनै किसिमको प्रारम्भिक सम्झौता हुने सम्भावना खोज्नेबारे दुबै देशका वार्ताकारहरू सक्रिय रहेका छन् । यसै विषयमा युरो प्यासिफिक क्यापिटलका पीटर स्किफले ट्रम्पले कुनै सम्झौता गर्न खोजेको जस्तो आफूलाई नलागेको बताए

। उनले भने “ ट्रम्प मात्र स्टक मार्केट उकालो गएको हेर्न चाहन्छन् । जब सम्म स्टक मार्केट उकालो लागिरहन्छ उनले चीनसँगको सम्झौतालाई बाल दिँदैनन् । जब यो टन्न भरिन थाल्छ अनि मात्र एक किसिमको दबाब अनुभव गर्छन अनि वास्तविक रूपमा कुनै सम्झौता हुन्छ ।”

अमेरिकाका केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याज दर पर्याप्तरूपमा न्यून तहमा राखिरहेको छ यसले अमेरिकी उपभोक्ताहरूले खर्च गर्न पाइरहेका छन् । यी सबै कारणहरूले  अमेरिका सन् २००८को भन्दा खराब आर्थिक संकट तर्फ बढिरहेको दर्शाइरहेको उनले जनाए ।