लसुनको सेवनले बाथको जोखिम घटाउने

लसुनको सेवनले बाथको जोखिम घटाउने

काठमाडौ । हालै चीनमा गरिएको एक अध्ययनले लसुनको सेवनले बाथको जोखिम घटाउने देखाएको छ । प्रारम्भिक अध्ययनका अनुसार सेलेनियमले अस्टिओपोरोसिस(बाथ)को जोखिमलाई घटाउने देखाएको हो । सेलिनियम र अस्टिओपोरोसिसबीचको सम्बन्धलाई अझ ठोस अध्ययनका लागि थप अनुसन्धान आवश्यक भएको अनुसन्धानकर्ताहरूले जनाएका छन् । जीवन भर मानिसको शरीरका हाडहरू भाँच्ने गरेको वा भाँच्ने सम्भावना हुन्छ ।अस्टिओपोरोसिसले हाडलाई कमजोर बनाउँछ । अनि हाड सजिलै भाँच्ने हुन्छ ।

विश्वभर २० करोड मानिस अस्टिओपोरोसिसबाट पीडित रहेको अनुमान छ । ५० वर्षकी हरेक ३ महिलामा एक र ५ पुरूषमा १ जनाको जीवनमा अस्टिओपोरोसिसको कारण हाड भाँचेको पाइन्छ ।वैज्ञानिकहरूका अनुसार यसमा भोजनको कारण पनि रहेको विश्वास गरिन्छ ।क्यालिसियमको अभावमा यो हुन सक्ने देखिन्छ । हालै गरिएको अध्ययनमा सेलिनियमले अस्टिओपोरोसिसको जोखिममा प्रभाव पार्छ ।

माछा, सेलफिस, रातो मासु, अन्न, अन्डा, कुराको मासु, कलेजो र लसुनलगायतका खाद्य वस्तुमा सेलेनियम खनिज प्राप्त हुन्छ ।चीनको स्वास्थ्य परीक्षण विभागले सेन्ट्रल साउथ युनिभर्सिटीमा ६,२६७ जना सहभागीमा गरेको अध्ययनबाट प्रारम्भिकरूपमा सेलेनियमले अस्टिओपोरोसिसको जोखिमलाई कम गर्छ । यो भनेको लसुन खाँदा अस्टिओपोरोसिसको जोखिम घटाउनु हो ।