अमेरिकाले हङकङमा प्रदर्शनकारीलाई सहयोग गर्ने कानुन बनायो

अमेरिकाले हङकङमा प्रदर्शनकारीलाई सहयोग गर्ने कानुन बनायो

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  हङकङका प्रदर्शनकारीहरूलाई समर्थन गर्न कानुन बनाइ दिएका छन् । अमेरिकाले यो कानुन अन्तर्गत हङकङमा सरकार विरोधी प्रदर्शन गर्नेहरूलाई सहयोग पु-याउन सक्ने छ । हङकङ सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको यो कार्यलाई आन्तरिक मामिलामा हस्तक्षेप भनी विरोध जनाएको छ ।

यसबाट हङकङमा विरोध गर्नेहरूका लागि आगोमा घिउको काम गर्ने जनाउँदै सरकारले यसबाट सम्बन्ध खराब हुने भनी दुःख जनाएको छ । ग्लोबल टाइम्सले जनाए अनुसार  हङकङ सरकारले मानवअधिकार सम्बन्धी सो विधेयकलाई अमेरिकाले औपचारिकरूपमा कानुन बनाएको काम हङकङको आन्तरिक मामिलामा हस्तक्षेप भएको र यसले अमेरिकासँगको सम्बन्धलाई समाप्त गर्ने उल्लेख गरेको छ । साथै ट्रम्पले प्रदर्शनकारीलाई समर्थन गर्ने विधेयकलाई पारित गरेको उल्लेख गरिएको छ ।