घ्याम्पो र समाजवादी

घ्याम्पो र समाजवादी

साइँला भाइ

चिनीया लोक कथामा घ्याम्पोको प्रसंग खुबै आउने गर्छ । कुनै गाउँमा एउटा चलाक मान्छेले बजारमा माटोको ठूलो घ्याम्पो किनेछ । घ्याम्पो गर्हुङ्गो भएकोले बोकेर घरसम्म पुर्याउने उसले सक्ने हैसियत थिएन । र, उसले चालाकीपूर्ण जुक्ति झिकेछ र भनेछ, ‘यो घयाम्पो माथि डाँडामा रहेको मेरो घरसम्म जसले पुर्याइदिन्छ उसलाइ म जिवन सफल पार्ने तिन सूत्र बताइ दिन्छु ।

जुन सूत्रले कसैको पनि जिवन सार्थक हुन्छ ।’ एकजना बलियो मान्छे तयार भएछ घ्याम्पो बोक्न । चलाक मान्छको घर पुग्ने पहिलो विसौनीमा पुगेर भनेछ, ‘लु अब पहिलो सूत्र बताइदेउ ।’ धनीले भनेछ, ‘खुट्टाले हिँड्नुभन्दा घोडामा चड्नु राम्रो ।’ भरियालाई पहिलो सूत्र खुब जँचेछ । यसपछि गदगद हुँदै भारी बोकेर भरिया उकालो लाग्यो । दोस्रो विसौनीमा भारी विसाउँदै फेरी दोस्रो सूत्र सोधेछ । धनीले सगौरव भनेछ, ‘आधा पेट खानुभन्दा पुरा पेट खानु राम्रो ।’ भरियालाई दोस्रो सूत्र पनि घत परेछ र फेरी भारी बोकेर उकालो लाग्यो । तेस्रो विसौनीमा भारी घर धनीको आँगनमै पुग्यो । भरियाले अन्तिम सूत्र लिएर जीवन सार्थक बनाउन चाहेर अन्तिम सूत्र जान्न चाहेछ । धनीले भनेछ, ‘यो संसारमा तिमी भन्दा मूर्ख कोही छैन् ।’ भारी घरमा पुगेपछि चलाक धनीले थाङ्नामा सुताएपछि भरिया निरास हुँदै घर फिरेछ । 

चिनीया लोक कथा झैं यतिखेर दूई सूत्रीय मागसहित सरकारमा सहभागि भएको समाजवादी पार्टी भरियाको जस्तै नियतिमा पुगेको छ । राजनीतिक पार्टीको नालायकी हेर्न यहाँभन्दा पर्तिर जानु पर्दैन ।