प्रचण्डले सम्बोधन गर्ने पोखराको चुनावी सभामा बम विस्फोट !

प्रचण्डले सम्बोधन गर्ने पोखराको चुनावी सभामा बम विस्फोट !

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने चुनावीसभा स्थलमा बम विस्फोट भएको छ। पोखराको नयाँबजारस्थित प्रदर्शनीस्थलमा आयोजित नेकपाको चुनावीसभा नजिकै कुनामा विस्फोट भएको हो।

उक्त सभामा  प्रचण्ड र नेकपा उपाध्यक्ष बामदेव गौतम सम्बोधनका लागि उपस्थित भएका छन्। विस्फोटबाट मानवीय क्षति केही नभएको र त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विस्फोटपछी होहल्ला र त्रासको बातावरण सृजना भएको छ । प्रहरीले भने ठूलो विस्फोट नभएको र क्षति केही नभएको जनाएको छ । 

विस्फोट भएपनि चुनावी सभा संचालन भईरहेको छ, अहिले नेकपाका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहेका छन्।